Rule 10
उजुरी तामेली वा मुल्तवीमा राख्न सकिने

(१) आयोगमा प्राप्त हुन आएका देहाय बमोजिमका उजुरीलाई आयोगले तामेलीमा राख्ने गरी आदेश दिन सक्नेछ ः–
(क) ......
(ख) ....
(ग) हदम्याद नाघेको उजुरी,
(घ) आयोगको अधिकार र कार्यक्षेत्र भित्र नपरेका उजुरी,
(ङ) प्रथम दृष्टिमै तथ्ययुक्त नदेखिएका वा गोलमटोल रूपमा लेखिएका उजुरी,
(च) दुख वा हैरानी दिने उद्देश्यले मात्र दिएको उजुरी,
(छ) अत्यन्त सामान्य र मामुली विषयको सम्बन्धमा दिएको उजुरी,
(ज) कुनै कारणले कारवाई गर्न सम्भव नभएको उजुरी,
(झ) पहिले एकपटक तामेलीमा रही सकेको उजुरी निवेदनमा नयाँ प्रमाण पेश नगरी पुन दिएको उही विषयको उजुरी ।
(२) आयोगमा परेको कुनै उजुरीसँग सम्बन्धित विषयमा न्यायिक निकायमा मुद्दा विचाराधीन रहेको वा अन्य कुनै कारणले कारबाही गर्न बाधा अड्काउ परेमा आयोगले त्यस्तो उजुरी मुल्तवीमा राख सक्नेछ ।
(३) उपनियम (२) बमोजिमको मुद्दा किनारा लागेमा वा- उजुरी मुल्तवीमा राख्ने कारण समाप्त भएमा आयोगले त्यस्तो उजुरीलाई जगाउनु पर्नेछ ।